एटिएमबाट पैसा आएन तर खातामा रकम काटियो, अब के गर्ने ? | Khabarhub Khabarhub

एटिएमबाट पैसा आएन तर खातामा रकम काटियो, अब के गर्ने ?


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकिङ सेवा विस्तारसँगै अटोमेटेड टेलर मेसिन ‘एटिएम’ प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । यो सुविधाले एटिएमबाट सजिलै पैसा झिक्न सकिन्छ । हामी कयौँ पटक एटिएमबाट पैसा झिक्ने गर्छौं ।

कहिलेकाहीँ भने एटिएमबाट पैसा झिक्ने क्रममा हाम्रो खाताबाट पैसा काटिन्छ तर एटिएम मेसिनले पैसा दिँदैन । यस्ता घटना तपाईंले पनि जुनसुकै बेला भोग्न सक्नुहुन्छ ।

आफ्नो खाताबाट रकम काटिदा तपाईं आत्तिनु हुन्छ होला । यस्तो बेला तनाव लिने भन्दा पनि समझदारी अपनाउनु उत्तम हुनेछ । खाताबाट रकम काटियो तर एटिएमबाट पैसा नआउँदा यो कुरामा निश्चिन्त हुनुहोस् कि तपाईंको पैसा कतै हराएको छैन । तपाईंको पैसा निश्चित रुपमा फिर्ता हुने छ । कसरी ? आउनुहोस् जानी राखौँ ।

बैंकको नियमअनुसार एटिएमबाट पैसा निकाल्दा खातामा पैसा काटियो तर हातमा आएन भने निश्चित रुपमा तपाईंको पैसा कतै हराउने छैन । उक्त पैसा तपाईंको बैंक खातामा फिर्ता आउने छ । यद्यपि यसका लागि केही सर्त रहेका छन् । ति सर्तलाई पालना गर्न आवश्यक छ ।

के गर्ने ?

* एटिएमबाट पैसा आएन तर तपाईंको खाताबाट रकम काटियो भने सबैभन्दा पहिला सम्बन्धित बैंकमा गएर यसबारे जानकारी दिनुहोस् । यदि उक्त समयमा बैंक बन्द रहेछ भने बैंकको ग्राहक सेवा नम्बरमा फोन गरेर जानकारी गराउनुहोस् ।

* ट्रान्जेक्सन फेल भएको उजुरी गरेपछि कम्तीमा एक हप्ता भित्र तपाईंको खातामा काटिएको रकम फिर्ता हुनेछ । त्यसो नभएको अवस्थामा ट्रान्जेक्सन फेल भएको कारण बैंकले बताउने छ । यसका लागि ट्रान्जेक्सन फेल भएको स्लिप बैंकलाई उपलब्ध गराउनुहोस् । स्लिप नपाएको खण्डमा बैंक स्टेट्मेन्ट हेर्नुहोस् ।

* ट्रान्जेक्सन फेल हुँदैमा आत्तिहाल्नु पर्दैन । कम्तिमा २४ घण्टा पर्खनुहोस् । यो अवधिमा खातामा पैसा फिर्ता नआएको खण्डमा बैंकको सम्बन्धित शाखामा लिखित निवेदन दिनुहोस् ।

* निवेदन दिएपछि एकहप्ता भित्र तपाईंको खातामा पैसा फिर्ता हुनेछ । यदि त्यसो नभएको खण्डमा बैंकले थप प्रक्रिया अगाडि बढाएर तपाईंको पैसा फिर्ता गर्ने कार्यमा सहयोग गर्नेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : २७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको