‘जीरो’ पछि अनुष्काले किन लिएकी थिइन् फिल्मबाट ब्रेक? खुलाइन् कारण | Khabarhub Khabarhub

‘जीरो’ पछि अनुष्काले किन लिएकी थिइन् फिल्मबाट ब्रेक? खुलाइन् कारण


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुष्का शर्मा सन् २०१८ मा खुबै व्यस्त रहिन् । उनका चार फिल्म एकै वर्ष रिलिज भए । तर, डिसेम्बरमा रिलिज भएको फिल्म ‘जीरो’ पछि उनले कुनै फिल्म साइन गरिनन् । यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

बीचमा केही समय चर्चा चलिरहेको थियो कि, अनुष्काले बलिउड छोड्दैछिन् । तर यो खबर गलत साबित भएको छ ।

फिल्मफेयरमा दिएको एक अन्तर्वार्तामा अनुष्काले फिल्मबाट ब्रेक नलिने खुलाइन् । उनले भनिन्, ‘जीरो रिलिजपछि म केही महिना फुर्सदमा बस्न चाहन्थेँ ।’

उनले आफू एकपछि अर्को गर्दै फिल्ममा काम गरिरहेका कारण समय मिलाउन गाह्रो भएको र सोही कारण फिल्मबाट केही समयका लागि ब्रेक लिएको बताइन् । ‘मैले समय मिलाएर विराटलाई भेट्थेँ, मलाई यस्तो लागिरहेको थियो कि, मैले धेरै नै काम गरेँ ।’

उनले आफूलाई २ महिना ब्रेक चाहिएकाले आफ्नो टिमसँग पनि सल्लाह गरेको बताइन् । उनले फिल्मबाट ब्रेक लिएको बताए पनि अब कुन फिल्ममा काम गर्दैछिन् भन्ने खुलाइनन् । फिल्मबाट ब्रेक लिँदा अनुष्काले आफ्नो पूरै समय विराटसँग बिताएकी थिइन् । विराट र अनुष्काले सन् २०१७ मा बिहे गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १२ : १२ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको