यी भारतीय पर्यटकले आफू बसेकै होटेलको सामान चारेपछि भिडियो बन्यो भाइरल | Khabarhub Khabarhub

यी भारतीय पर्यटकले आफू बसेकै होटेलको सामान चारेपछि भिडियो बन्यो भाइरल


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हाल सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । कुल २ मिनेट २० सेकेन्डको यो भिडियो इन्डोनेसियाको बालीमा लिइएको जनाइएको छ ।

भिडियोमा होटलका एक कर्मचारीले रिसोर्ट बाहिर झोला खानतलासी गरेको देखिन्छ । शुरूमा त परिवारले होटल कर्मचारीसँग झगडा गर्न खोज्छन् । तर कर्मचारीले सामानको तलासी गरिरहँदा होटलका सामान एकपछि अर्को गर्दै निकाल्छन् । उनीहरु जुन होटेलमा बसे त्यहीको सामान चोरर निस्किएका रहेछन् ।

चोरिएका सामानमा जिउ पुछ्ने रुमाल, विद्युतीय सामान, सजावटका सामान र अन्य कुरा छन् । भिडियोमा एक महिला भन्छिन्, ‘माफी माग्छौं । यो पारिवारिक भ्रमण हो । हामीहरू सबै कुरा भुक्तान गरिदिन्छौं । हामीलाई जान दिनुस् । हामीले फ्लाइट समात्नु छ ।’

भिडियोमा अन्य सुरक्षाकर्मीले पनि सामान तलाशी गरेको देखिन्छ । एक व्यक्तिले म भुक्तानी गरिदिन्छु भनेको पनि सुनिन्छ । तर कर्मचारीले पैसा लिन अस्वीकार गर्छन् । हेमन्त नामक व्यक्तिले भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् ।

भारतीयहरूका लागि यो लज्जास्पद घटना भएको उनले बताए । होटलको कोठाबाट सामान चोर्ने भारतीय पर्यटकहरूको लज्जास्पद भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ०४ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा