घुर्ने समस्या छ ? यस्तो रोगले खतरा हुनसक्छ | Khabarhub Khabarhub

घुर्ने समस्या छ ? यस्तो रोगले खतरा हुनसक्छ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्लीप एप्रिया अर्थाल निद्रामा घुर्ने समस्या निद्रा सम्बन्धी एक प्रकारको रोग हो । साधारण घुराई र रोगका कारण हुने घुराईमा भिन्नता छ ।

साधारण घुराई मोटोपना हुनेहरुमा वा स्वस्थ्य मानिसलाई पनि हुन सक्छ । यस्तो अवस्थामा स्पील एप्रियामा जस्तो सास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन ।

स्लीप एप्रिया हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वासनली सागुरो भई केही बेरको लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ ।

यसको केही समयपछि छोटो समयको लागि बिरामीको निद्रा खुल्छ अनि फेरि श्वासप्रस्वास सुचारु हुन्छ । यो बेला हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन सक्छ ।

घुर्ने, सास रोकिने, ब्युझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्छ जसका कारण बिरामीको निद्राको गुणस्तर (क्वालिटी) एकदम कम हुन्छ ।

धेरै जसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना रहँदैन। बिरामीलाई भन्दा सँगै सुत्ने पार्टनरलाई यी कुराहरु बढी थाहा हुन सक्छ ।

यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हार्ट अट्याक) देखि दीर्घकालीन शारीरिक तथा मानसिक असरहरु हुन सक्ने भएकाले शंका लाग्ने बित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

स्लीप एप्रिया हुनेहरुलाई यस्तो समस्या आउँछ

–हार्ट अट्याक,

–मुटुको चालमा गडबडी,

– प्यारालाइसिस,

–मानसिक समस्या,

–थकान,

–सडक दुर्घटना,

–प्रेसर,

–मधुमेह,

–यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर