संसारकै खतरनाक भाइरसयुक्त ल्यापटप लाखौँ डलरमा बिक्री | Khabarhub Khabarhub

संसारकै खतरनाक भाइरसयुक्त ल्यापटप लाखौँ डलरमा बिक्री


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारकै खतरनाक ६ किसिमका भाइरस भएको एक ल्यापटप अनलाइनमार्फत बिक्री भएको छ । खतरनाक भाइरसयुक्त उक्त ल्यापटप एक दशमलब २ मिलियन (दश लाख २० हजार डलर) मा बिक्री भएको हो । उक्त ल्यापटपमा रहेका भाइरसले विश्वभर एक सय बिलियन डलरभन्दा बढी क्षति पुर्‍याएको बताइन्छ ।

सामसुङ एनसी १०-१४ जीबी १०.२ इन्च ल्यापटप (२००८) लाई द पर्सिस्टेन्स अफ क्यायस आर्ट वर्क नामक दिइएको छ । यसका लिलामी साइबर सेक्युरिटी फर्म डिप इन्स्टिक्टले गरेको हाशे । उक्त फर्मले उक्त ल्यापटपमा भएका भाइरस कुनै पनि किसिमले खतरनाक साबित नहोस् भन्नका लागि पर्याप्त कदम उठाउन आवश्यक रहेको जनाएको छ । उक्त ल्यापटप इन्टरनेट सञ्जालमा सिधा जोडिएको छैन । यसलाई इन्टरनेटमा नजोडिनुको कारण कुनै दोस्रो नेटवर्कमा भाइरस सरेर नजाओस् भन्नेमा ध्यान राखिएको हो । यसका साथै उक्त ल्यापटप खरिद गर्ने व्यक्तिलाई ल्यापटप दिनुअघि त्यसको इन्टरनेट क्षमतालाई निस्क्रिय पारिएको छ ।

आई लभ यु, माईडुम, भानाक्राई, डार्क टेकुला तथा ब्लाक एनर्जी नामक भाइरस उक्त ल्यापटपमा रहेको जनाइएको छ । जानकारहरुका अनुसार भाइरसले भरिएको उक्त ल्यापटप बिक्री गर्न सम्भव थिएन । तर पनि त्यसलाई आर्ट वर्क रुपमा बेचिएको हो । शैक्षिक अध्ययन तथा अनुसन्धानका लागि मात्रै लिलामी गरिएको बताइएको छ । कुनै प्रयोगको उद्देश्यले भने मालवेयरलाई बिक्री गरिनु गैर-कानूनी हुने लिलामीमै सर्त राखिएको थियो ।

उक्त ल्यापटपमा भएका ६ भाइरसमध्ये अझै पनि केहीले ठूलो क्षति पुर्‍याउन सक्नेछ । यसअघि नै ति भाइरसले ठूलो क्षति पुर्‍याइसकेका छन् । वानाक्राई रेनसमवेयर नामक भाइरसले युकेको नेसनल हेल्थ सर्भिसमा एक सय बिलियन डलरको क्षति पुर्‍याएको थियो । विश्वका करिब दुई लाख कम्प्युटर यसबाट प्रभावित भएका थिए । सन् २०१५ मा युक्रेनमा ब्लाक एनर्जी नामक भाइरसले ब्लाक आउट गरेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १ : २५ बजे

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले