१२ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको ‘मूड’ | Khabarhub Khabarhub

१२ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको ‘मूड’


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको दर्शकमाझ गज्जबको क्रेज छ । नेपालका चर्चित नायिकामा साम्राज्ञीको नाम अग्रपङ्तिमा आउँछ । उनले नेपाली फिल्म क्षेत्रमा ‘ड्रिम्स’ मार्फत डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाट नै राम्रो क्रेज बनाएकी साम्राज्ञी अहिले पनि सबैभन्दा धेरै माग भएकी नायिकामा गनिन्छिन् ।

साम्राज्ञीका फ्यानले उनको स्वभावबाट पनि प्रभावित भएको प्रतिक्रिया दिने गर्छन् । अन्तर्वार्तामा पनि उनी निकै विचार गरेर बोल्ने र गसिपको पछि नलाग्ने नायिकाका रुपमा चिनिन्छिन् ।

पछिल्लो समय रिलिज भएका फिल्म ‘तिमी सँग’ र ‘कायरा’ ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । यतिबेला उनी चलचित्र ‘मारुनी’ को छाया‌ंकनमा व्यस्त छिन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरिरहेका छन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने साम्राज्ञीले छानेर मात्र फिल्ममा काम गर्ने गर्छिन् । अभिनयका हिसाबले पनि उनलाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा हेरिन्छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने साम्राज्ञीले इन्स्टाग्राममा पोस्ट गरेका केही तस्वीर हामीले लिएका छौँ:

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ७ : ३० बजे

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु

ओखलढुंगा – खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ

महिला उद्यमी महासंघका पदाधिकारीसँग अर्थमन्त्री पुनले गरे छलफल 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि

वामपन्थी पार्टीहरूबीच एकता आवश्यक : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले