बढ्दै हिमाल आरोहण गर्ने पर्यटकको संख्या, २ महिनामै ५० करोड रोयल्टी संकलन | Khabarhub Khabarhub

बढ्दै हिमाल आरोहण गर्ने पर्यटकको संख्या, २ महिनामै ५० करोड रोयल्टी संकलन


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले पर्यटन वर्ष २०२० को तयारी गरिरहँदा पर्यटन क्षेत्रमा केही सकरात्मक लक्षण देखिन थालेको छ ।

पछिल्लो समय हिमाल आरोहण गर्ने पर्यटकको संख्या समेत बढ्दै गएको छ । पर्यटन विभागको तथ्यांकअनुसार यस वर्षको बसन्त ऋतुमा मात्रै १ सय आरोही समूहका ८ सय २४ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

जसमध्ये सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३ आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।

सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ । सबैभन्दा धेरै सगरमाथाबाट ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी जम्मा भएको छ ।

त्यसैगरी ल्होत्सेका लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२ र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि ३ आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ५९ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी