नेपाली सेना सामाजिक कार्यमा ‘साझेदारी गर्न तयार’ | Khabarhub Khabarhub

नेपाली सेना सामाजिक कार्यमा ‘साझेदारी गर्न तयार’


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक, सामुदायिक र विकासका काममा सहयोग पुर्‍याउन सेना सधैँ तयार रहेको बताएका छन् ।

गजुरी गाउँपालिका– १ त्रिशूली नदी किनारस्थित रुद्रेश्वर मन्दिरसँगै नेपाली सेनाको देवीदत्त गणद्वारा निर्मित सुविधासम्पन्न शौचालय सोमबार हस्तान्तरण गर्दै बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाका प्रमुखसमेत रहेका उनले  प्राचीन तथा ऐतिहासिकस्थल व्यवस्थित गर्न सेनाले शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताए ।

‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत यस प्राचीन मन्दिरको मौलिकता जोगाउन र संरक्षणका लागि सेनाले सहयोग गर्दै आएको गजुरीस्थित देवीदत्तगणका प्रमुख सेनानी सुदिप बानियाँले उल्लेख गरे ।

गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम बस्नेतले गाउँपालिका र नेपाली सेनाले बजार सरसफाइलगायत कार्यमा साझेदारी गर्दै आएकामा आगामी दिन पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ३१ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको