जथाभावी डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध | Khabarhub Khabarhub

जथाभावी डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोल्टी– बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जाने बाटो निमार्ण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको हो ।

बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन् । बिजुली र खानेपानी एकसाथ अवरुद्ध भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको प्रति स्थानीयवासी आक्रोशित भएका छन् ।

लामो समयदेखि बिजुली र खानेपानीको अभाव हुँदा बजार क्षेत्रमा बस्ने व्यापारी र स्थानीयवासीलाई समस्या भएको कोल्टीका काशीराम कैलाले बताए । मार्तडीपछिको दोस्रो ठूलो बजारक्षेत्र कोल्टीमा छ । नियमित विमान उडान हुन्छन्, हुम्ला, मुगु र कालिकोटसहित बाजुराका चार स्थानीय तहको चहलपहल हुने क्षेत्र हो कोल्टी । तर अवस्था हेर्दा दुर्गम गाउँको भन्दा फरक छैन । ‘यहाँका नागरिकलाई अरु विकास चाहिएको छैन, उनीहरुको पहिलो माग नै पानी र बिजुली हो,’ स्थानीय नवराज भारतीको भनाइ छ ।

स्थानीय हिरेन्द्र बोहरा भन्छन्, ‘पानीकै नाममा वर्षेनी लाखौँको बजेट खर्च भएको छ भने बिजुलीकै नाममा रु सात करोड बढी रकम उपभोक्ता समितिले खर्च गरिसकेका छन्, तर पनि कोल्टीबासीले न त नियमित खानेपानी पाएका छन्, न त बिजुली बत्ती नै पाएका छन् ।’

कोल्टी बजारमा मात्र ८ हजार बढीको बसोबास छ । क्याम्पसदेखि विमानस्थल, उच्चमाविदेखि नगरपालिकाको कार्यालय । स्थानीय सरकार गठनकै दुई वर्ष पुग्न लाग्दा पनि कोल्टीको खानेपानी समस्या सधान गर्न सकेको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : २१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम