धुर्मुस सुन्तलीले दुबईबाट उठाए २२ लाख | Khabarhub Khabarhub

धुर्मुस सुन्तलीले दुबईबाट उठाए २२ लाख


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाई २० सहयोग संकलन भएको छ । २६ अप्रिलमा दुबईमा आयोजना गरिएको ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम उठेको फाउन्डेसनले जनाएको छ ।

धुर्मुस सुन्तली साँझ सम्पन्न गर्न चितवन समाज दुबईले संयोजन गरेको थियो भने विभिन्न संघसंस्थाले सहकार्य गरेका थिए । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिए । यस्तै आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग उठेको थियो ।

योसँगै दुबईबाट २२ लाख स‌ंकलन भएको हो ।

कार्यक्रममा धुर्मुस र सुन्तलीले आफ्नो प्रस्तुति दिनुका साथै गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले गीतमार्फत दर्शकको मन जितेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : २५ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार