बारामा प्रहरी भ्यानमा आगजनी, ६ राउन्ड गोली चल्यो | Khabarhub Khabarhub

बारामा प्रहरी भ्यानमा आगजनी, ६ राउन्ड गोली चल्यो


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित भएपछि विद्यार्थीले आन्दोलन थालेका छन् ।

यही क्रममा बारामा प्रदर्शनमा उत्रिएका विद्यार्थीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । विद्यार्थी प्रर्दशन रोक्न बारा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

विद्यार्थीले रोकि राखेको गाडीमा आगजनी गर्न थालेपछि हवाई फायर गरेको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले प्रहरी भ्यानमा आगजनी गरेका थिए ।

जारी एसईई परीक्षा अन्तर्गत प्रदेश २ मा सञ्चालित परीक्षामा विज्ञान, सामाजिक, स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरलेलले पत्रकार सम्मेलन गरी सम्पूर्ण परीक्षा स्थगत गर्न निर्देशन दिएका थिए । सोहीको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : ४३ बजे

चलचित्र ‘बलिदान’मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३