‘लभ डायरिज’ को गीतमा प्रिन्सी–प्रिज्मा (भिडियो) | Khabarhub Khabarhub

‘लभ डायरिज’ को गीतमा प्रिन्सी–प्रिज्मा (भिडियो)


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चामा रहेका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले फिल्म ‘लभ डायरिज’ को एक गीतमा नृत्य प्रस्तुत गरेका छन् ।

‘लभ डायरिज’ मा समावेश ‘छमछम’ बोलको गीत सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो ।

उक्त गीतमा शब्द, संगीत र संगीत संयोजन लोकप्रिय संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतमा दुर्गा खरेल र सुरेश लामाले स्वर दिएका छन् ।

झण्डै ७ मिनेट लामो गीतमा अहिले चर्चामा रहेकी बालगायिका कमला घिमिरेले पनि स्वर दिएकी छिन् ।

भिडियोमा बिहेको माहोल देख्न सकिन्छ । यस्तै फिल्मका शीर्ष कलाकार सुशील क्षेत्री, रुविना थापा र विश्वजीत रिमाललाई पनि भिडियोमा देख्न सकिन्छ ।

साथै भिडियोमा ट्वीनी गर्लस् प्रिन्सी र प्रिज्माले पनि कम्मर मर्काएका छन् । गीत र भिडियो आकर्षक लाग्छ ।

निर्माण टिमले फिल्मको प्रचारमा सहयोग पुगोस् भनेर यो गीत सार्वजनिक गरेको बताएको छ ।

प्रेम दिवसको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ । यस्तै फिल्मलाई सञ्जय लामाले खिचेका हुन् भने विनोद सापकोटाले निर्माण गरेका हुन् ।

फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् भने सह–निर्देशकमा साहिल खान छन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ४९ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले