चिनियाँ लगानीको होङसी सिमेन्ट गुणस्तरहीन भेटियो, कारबाहीको तयारी | Khabarhub Khabarhub

चिनियाँ लगानीको होङसी सिमेन्ट गुणस्तरहीन भेटियो, कारबाहीको तयारी


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्टसहित अन्य दुई स्थानीय सिमेन्ट गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तरहीन उत्पादन गरेको उद्योगलाई विभागले १५ दिनको स्पष्टीकरण समेत सोधेको छ ।

विभागले सिमेन्टको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर अनुरुप नपाएपछि कार्वाहीको तयारी स्वरुप १५ दिने स्पष्टीकरण सोधिएको हो ।

होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको परीक्षणमा पाइएको छ । विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न नियमावली २०४० अनुसार कार्वाही गरिने जनाएको छ ।

आफूलाई प्रबिधिसम्पन्न दाबी गर्ने होङसी सिमेन्ट यसअघि गुणस्तर बिभागबाट परीक्षण हुँदा समेत कमसल सिमेन्ट उत्पादन गरेको भन्दै पटक पटक कारबाहीमा पर्दै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  २ : ३८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर