सफल व्यवसायी बन्ने सूत्र | Khabarhub Khabarhub

सफल व्यवसायी बन्ने सूत्र


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी सबैको चाहना हुन्छ व्यापार व्यवसाय गर्ने र धेरै पैसा कमाउने । त्यसका लागि के गर्ने ? कसरी व्यवसाय सुरु गर्ने ? सबैको चिन्ताको विषय पनि हो यो ।

व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने सोच्नुस् विभार गर्नुस् र नयाँ व्यवसाय सुरु गर्नुस् ताकि तपाईले गरेको व्यवसाय अरुले गर्न सकेका छैनन् । जसबाट तपाइ परिचित त हुनुहुन्छ नै खर्बपति समेत बन्न सक्नुहुनेछ ।

सफल विजनसशम्यानले सिकाएका सफलताका ४ रहस्यहरु :

१. स्टिल किङ कार्गेनी : स्टिल किङ कार्गेनीले एक कक्षा पनि पाएका होइनन् तर ऊनी आफ्नो युगको सबैभन्दा धनी व्यक्ति हुन् । उनको सफलताको रहस्य हो–‘नयाँ चिज सिक्ने र खोज्ने प्रयास’ । जसका निम्ति उनले प्रति महिना ६ सय रुपैयाँमा सुति मिलमा काम गर्ने देखि टेलिग्राफसम्म काम गरे । कार्गेनीको अर्को रहस्य हो–‘बचत गर्नू ।’ उनले कमाएको थोरै–थोरै रकम विभिन्न क्षेत्रमा लगाए र उनी विजनेश म्यान बन्न सफल भए ।

२. जोड डि रकेफेलर
अत्यन्त गरिब अनि एकमदै कम शिक्षित रकेफेलरको सफलताको रहस्य हो– ‘कामप्रतिको एकाग्रता ।’ २३ वर्षको उमेरमा तेलको क्षेत्रमा छिरेका उनी रातभर काम गरिरहन्थे । उनी कहिल्यैपनि मोज मस्ती र मनोरञ्जनमा समय खेर फाल्दैनथे । एक्निष्ट भएकै कारण अमेरकाको ९९० प्रतिशत तेल प्रशोधन केन्द्रको मालिक बन्न सफल भए ।

३. बिल गेट्स
संसारको सबैभन्दा धनी बिल गेट्सको सफलताको रहस्य हो –‘भविष्यलाई बुझ्न सक्नु ।’ उनको समय सबै कम्पनी हार्डवयर बनाउनतिर तल्लीन थिए किनभने त्यो समय त्यही बिक्थ्यो । सफ्टवेयर बनाउन घाटाको कुरा थियो । तर गेस्ट्ले पहिलोपटक एम.एस.डस प्रोगाम किन्ने देखि वोर्ड, एक्सेल जस्ता सफ्टवेयर निर्माण गरे । जुन अहिले हरेक कम्युटरको अभिन्न अ)ग बनेको छ र उनी खर्बपती बनेका छन् ।

४. किङ सि जिलेट
२ सय भन्दा बढी देशमा फैलिएको ब्लेड कम्पनीको मालिक जिलेट २८ वर्षसम्म हल्लिएरै बसेका थिए । उनको सफलताको रहस्य हो–‘नयाँ विचार र जोखिम मोल्नु ।’ एकजना साथीले उनलाई लहलहैमा भनेका थिए–‘यार सामान बनाउनु त यस्तो जुन एकपटक बनाएपछि फाल्नै परोस् ।’ यस्तैमा छुरीले दारी काटिरहँदा उनलाई ब्लेड बनाउने उपाय आयो । यो उनको नयाँ विचार थियो । जोखिमपुर्ण पनि । पहिलो वर्ष उनले ब्लेड त निकाले तर पुरै १ वर्षमा ५१ वटा मात्रै बिक्यो त्यो पनि हुलाक मार्फत । पछि पेटेन्ट पाएपनि ब्लेडले दारी काट्ने बानी बन्यो । उनी खर्बपती बने ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : ०९ बजे

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री