मतगणना अपडेट– कहाँ कसले जित्यो ? | Khabarhub Khabarhub

मतगणना अपडेट– कहाँ कसले जित्यो ?


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा शनिवार(आज) उपनिर्वाचन भएको छ ।
साँझ ५ बजे मतदान सकिएपछि विभिन्न स्थानका मतगणना शुरु भएको छ ।

विशेषगरि स्थानीय तह अन्तर्गतका वडाहरुको नजिता आउन शुरु भएको छ ।

शनिवार राति १० बजेसम्मको नतिजा अनुसार अहलेसम्म सत्तारुढ दल नेकपाले अधिकांश स्थानमा जीत हात पारेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म कुनै स्थानमा जीत हात पारेको छैन । समाजवादी पार्टी नेपालले एक स्थानमा जीत हात पारेको छ ।

सवा १० बजेसम्मको नतिजा अनुसार सत्तारुढ दल नेकपाले १० वटा वडामा जीत हात पारेको छ ।

रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।

नेकपाबाट वडा अध्यक्षका उम्मेदवार रहेका जनकबहादुर बुढामगर विजयी भएका हुन् । उनले १७४ मत पाए । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् ।

खानेपानी मन्त्री बीना मगरले मतदान गरेको यो वडामा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका हुन् । तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाए ।

सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेकपाका उम्मेदवार धर्म बुढाथोकी विजयी भएका हुन् ।

लमजुङको सुन्दरबजार–२ मा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् ।

लमजुङको सुन्दरबजार–२ का उम्मेदवार नवीनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४८२ मत ल्याएका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । उनले ८६७ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाएका थिए । शनिवार सम्पन्न उपनिर्वाचनमा १५०२ मत खसेको थियो ।

खोटाङको साकेला गाउँपालिका वडा नं(३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् ।

साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार विजयी भएका छन् ।

दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार शिवभक्ति बलामी विजयी भएका हुन् । उनले ६१८ मत पाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारले २ सय ७८ मत पाएका थिए । मतदानमा १०३६ मत खसेको थियो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा नेकपाका उमेदवार विजयी भएका छन् ।

शनिवार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका उमेदवार केदारनाथ आचार्य विजयी भएका हुन् । उनले ७१२ मत पाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार अशोक तामाङले ४३९ मत पाएका थिए । यसअघि उक्त वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।

इन्द्रावती गाउपलिका ८ को उपनिर्बाचनमा १४०४ मतदातामा ११७५ खसेको थियो ।

बडिगाड,२ बागलुङ नेकपाका उमेदवार विजयी भएका छन् । भोजपुर पौवादुम्मा १ मा नेकपाका उमेदवार विजयी । भएका छन् ।

नेपाली कांग्रेसले भने एक स्थानमा जीत हात पारेको छ । बैतडी, सुर्नया गा।पा। १ कांग्रेसका उमेदवार विजयी भएका छन् ।

त्यस्तै समाजवादी पार्टी नेपालले एक स्थानमा जीत हात पारेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा समाजवादी पार्टी नेपालका उमेदवार विजयी भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : १७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर