यसकारण कम खस्यो थवाङमा भोट | Khabarhub Khabarhub

यसकारण कम खस्यो थवाङमा भोट


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको थवाङ गाउँपालिका वडा १ को वडाध्यक्षका लागि शनिबार भएको मतदानमा न्यून मत खसेको छ ।

कुल मतदाता १२७४ रहेकोमा जम्मा २०९ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए । यो भनेको जम्मा करीब १६ प्रतिशत हो ।

यसअघिको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाका फर्कबहादुर बुढाले जितेका थिए । यो पटकको चुनावमा पनि विप्लव निकटका उम्मेदवारले मनोनयन दर्ता गरेका थिए तर पछि सर्वसम्मत हुन नसकेको भन्दै उनले उम्मेदवारी फिर्ता लिए ।

विप्लव नेकपाले बहिष्कार गरेका कारण उपनिर्वाचनमा कम मतदान भएको हो । उक्त क्षेत्र विप्लवको प्रभाव क्षेत्रको रुपमा लिइन्छ ।

निर्वाचनका समयमा थवाङ चर्चामा रहने गरेको छ । कहिले थवाङमा एक भोट पनि खस्दैन भने कहिले एउटै उम्मेदवारले शत प्रतिशत मत पाउँछ । ०६४ सालको निर्वाचनमा थवाङमा प्रचण्डले शतप्रतिशत मत पाएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ५५ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ