चितवनमा ४० प्रतिशत मत खस्यो | Khabarhub Khabarhub

चितवनमा ४० प्रतिशत मत खस्यो


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- स्थानीय तहको उपनिर्वाचनमा चितवनको तीन वडा वडामा जारी मतदानमा अहिले दिउसो १२ बजेसम्म ४० प्रतिशन भन्दा धेरै मत खसेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १६ , खैरहनी नगरपालिकाको वडा नं. ४ र ५ मा भएको निर्वाचनमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयलका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

विहान ७ बजेदेखि शुरु हुने भनिएपनि ७ : ३० बजेबाट मात्र मतदान शुरु भएको थियो । तीनवटा स्थानमा भएको निर्वाचन अहिलेसम्म शान्ति पूर्वक सञ्चालन भइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मतदानामा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भरतपुर १६ मा तीन वटा मतदान स्थलमा मतदान जारी छ । जसअन्तरगत मध्यान्ह १२ बजसम्म वडा कार्यालय भवन मोहनपुर केन्द्रमा आठसय मत, दुर्गा शेषकान्त अधिकारी मावि विजयनगरमा एकहजार मत, मावि ढड्डाघारीमा एकहजार एकसय मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा कुल ८ हजार ४८१ मतदाता छन् ।

यस्तै पूर्वी चतवनको खैरहनी नगरपालिका वडा नं. ४ मा एकहजार माथि र वडा नं.५ मा एघारसय मत खसेको छ । वडा नं. ४ मा दुई हजार ६९२ र वडा नं. ५ मा दुई हजार १११ मतदाता छन् । यस अघि भरतपुर १६ मा तात्कालिन एमाले, खैरहनी नगरपालिका वडा नं. ४ र ५ मा नेपाली कांग्रेस विजयी भएका थिए ।

उपनिर्वाचनलाई केन्द्रीत गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नको लागि तीन घेरामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले सुरक्षा दिइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

निर्वाचन हुने स्थानलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी विभाजजन गरेर त्यहाँ आवश्यकता अनुसारको पोशाकमा तथा सादा पोशाकमा प्रहरी खटाइएको उनले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ४५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र