यसपालीको तिहारमा नेपालीले किने ६० करोडको बिजुली बत्ती | Khabarhub Khabarhub

यसपालीको तिहारमा नेपालीले किने ६० करोडको बिजुली बत्ती


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको तिहारमा नेपालले करिब ६० करोड रुपैयाँको विद्युतीय बत्ती आयात गरेको छ ।

तिहारका लागि मात्रै यसपटक चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो समय विद्युत कटौती (लोडसेडिङ) को समस्या नहुनु र विद्युतीय बत्तीप्रति मानिसहरुको बढ्दो आकर्षणका कारण यस वर्षको तिहारमा मात्रै ६० करोड रुपैयाँ बाहिरिएको हो । तिहारमा शहरी क्षेत्रमा मात्रै नभइ ग्रामिण क्षेत्रमा पनि विद्युतीय बत्तीको प्रयोग बढ्दा यसको आयातमा वृद्धि हुँदै गएको महासंघको भनाइ छ ।

परम्परागत ढंगको दियो र पालामा बत्ती बाल्ने संस्कार घढ्दै जाँदा विद्युतीय बत्तीको प्रयोग भने वृद्धि हुँदै गएको छ । यसका साथै विद्युतीय बत्तीले मैनबत्तीलाई पनि विस्थापित गर्दै लगेको छ ।

झिलिझिली बत्तीको चाड तिहारमा विद्युतीय बत्तीको आकर्षण बढेको देखिन्छ ।

पछिल्लो समय नेपालमा आयात भएका विद्युतीय बत्तीहरु कम बिजुली खपत गर्ने तथा टिकाउ पनि रहेकाले मानिसहरु आकर्षित भएको महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलको भनाइ छ ।

बजारमा न्युनतम ५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका बत्ती पाइने गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ३ : ०८ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।