ट्रम्पविरुद्ध महाअभियोगको लागि भोटिङको तयारी | Khabarhub Khabarhub

ट्रम्पविरुद्ध महाअभियोगको लागि भोटिङको तयारी


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने छानबिनका क्रममा आउँदो बिहीबार संसदमा पहिलो औपचारिक मतदान हुने भएको छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउने छानबिनका क्रममा बिहीवार पहिलो औपचारिक मतदान गराउने बताएकी हुन् ।

ट्रम्प प्रशासनले केही ढाकछोप नगरेको कुरा सुनिश्चित गर्न पनि महाअभियोग आवश्यक रहेको वरिष्ठ डेमोक्र्याट पेलोसीले बताइन् ।

महाअभियोगले ह्वाइट हाउसले कुनै दस्तावेज लुकाउन सक्ने वा नसक्ने, कुनै निर्देशन टेर्ने अथवा नटेर्ने अथवा छानबिनमा प्रत्यक्षदर्शीलाई रोक्न सक्ने वा नसक्ने विषयमा रहेका द्विविधालाई अन्त्य गर्ने उनको भनाइ छ ।

रिपब्लिकन दलले चाहिँ डेमोक्र्याट नेतृत्वको महाअभियोग छानबिन प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन् ।

राजनीतिक प्रतिद्वन्द्वीमाथि छानबिन गर्न विदेशी सरकारहरूको डेमोक्र्याटहरूमाथि दबाब रहेको उनीहरूको आरोप छ।

बीबीसीका अनुसार अरू डेमोक्र्याटहरूलाई पठाएको एउटा पत्रमा पेलोसीले ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अगाडि बढाउन मतदान आवश्यक रहेकोमा जोड दिएकी छन्।

उनले संसद्‌का तीनवटा समितिबाट भइरहेका छानबिनलाई ट्रम्पले बेवास्ता गर्न नसक्ने कुरा सुनिश्चित गर्नुपर्ने समय पनि भएको उनले बताएकी छन्।

यसअघि अक्टोबर दोस्रो हप्तातिर ह्वाइट हाउसले डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाअभियोगको छानबिनलाई नसघाउने बताएको थियो ।

सो छानबिनलाई उसले दलीय पूर्वाग्रह पूर्ण तथा असंवैधानिक भनेको थियो ।

डेमोक्र्याटका वरिष्ठ नेताहरूलाई पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवम्‌ उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन् ।

सदनमा डेमोक्र्याटिक पार्टीका नेताको नेतृत्वमा रहेका तीनवटा समितिले राष्ट्रपतिमाथि अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  २ : ३२ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम