अमेरिकाले बग्दादी मारिँदाको भिडियो सार्वजनिक गर्ने | Khabarhub Khabarhub

अमेरिकाले बग्दादी मारिँदाको भिडियो सार्वजनिक गर्ने


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादी मारिँदाको भिडियो सार्वजनिक गर्न सकिने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमार्फत बग्दादी मारिँदाको भिडियो पनि सार्वजनिक गर्न सकिने जनाएको छ ।

बग्दादी मारिएको विषयमा केही देशबाट आशंका व्यक्त भइरहेका बेला ट्रम्पले भिडियो नै सार्वजनिक गर्ने बताएका हुन् ।

अमेरिकाको विशेष सुरक्षा बलको अपरेशनका दौरान यहि शनिबार गरेको अपरेशनका दौरान विश्वका १ नम्बर आतंककारी अबु बकर अल बग्दादी मारिएका थिए ।

राष्ट्रपति ट्रम्पले अपरेशनका मुख्य घटनालाई समेटिने गरी भिडियो सार्वजनिक हुन सक्ने बताए । यद्यपि भिडियो सम्पादन गरेर सार्वजनिक गरिने ट्रम्पको भनाइ छ ।

ट्रम्पले उत्तर–पश्चिमी सिरियामा विशेष सुरक्षा बलले बग्दादीविरुद्ध चलाएको अपरेशनको लाइव प्रसारण हेरेका थिए ।

ट्रम्पले आइतबार पत्रकार सम्मेलन गर्दै बग्दादी मारिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : ४० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र