२० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक | Khabarhub Khabarhub

२० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरको ४ अर्ब ८० करोड रुपैयाँ बराबरको २४ करोड थान नयाँ नोट छाप्ने भएको छ ।

केन्द्रीय बैंकले २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आह्वान गरेको हो । हरेक नोट तीन वर्षका लागि छपाउने राष्ट्र बैंकको प्रचलनअनुसार आगामी तिन वर्षका लागि हुने गरी नयाँ नोट छाप्ने बोलपत्र आह्वान गरेको हो ।

यसअघि सन् २०१६ मा समेत केन्द्रीय बैंकले २० रुपैयाँ दरका नोट २१ करोड थान नोट छापेको थियो । नेपाली नोट छाप्न बैंकले बोलपत्र आह्वान गरे पनि नेपालमा भने सुरक्षित मुद्रण नभएका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुले मात्र बोलपत्रमा सहभागी हुन पाउनेछन् । यसअघि चीन, वेलायत लगायतमा रहेका कम्पनीहरुले नेपाली नोट छाप्ने गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : ४३ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी