असफल फिल्म ‘छड्के’ को सिक्वेल ‘छड्के २’ बन्ने | Khabarhub Khabarhub

असफल फिल्म ‘छड्के’ को सिक्वेल ‘छड्के २’ बन्ने


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छड्के २’ निर्माण हुने भएको छ । अर्को वर्षको दशैँमा रिलिज हुने गरी यो फिल्म निर्माणको घोषणा गरिएको हो ।

६ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘छड्के’ को नाम सापटी लिएर फिल्म निर्माण गर्न लागिएको हो । यो फिल्म हलमा व्यावसायिक रुपमा असफल भएको थियो । यद्यपि फिल्मले रिलिजअघि चर्चा भने कमाएको थियो ।

खबरका अनुसार यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् भने नेगेटिभ बुद्ध र रस ताण्डवको ब्यानरमा फिल्म निर्माण हुनेछ ।

पहिलो भागमा सौगात मल्ल, रविन तामाङ, नम्रता श्रेष्ठ, विपिन कार्की लगायतका कलाकारको शीर्ष भूमिका थियो ।

फिल्मका निर्माता विक्रम सिंह थारुले यो फिल्म अर्को वर्षको दशैँमा रिलिज हुने भन्दै पोस्टर सार्वजनिक गरेका छन् । तथापि फिल्मका बारेमा अन्य जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : १२ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि