पाल्पामा बस र जीप ठोक्किँदा ८ जना घाइते | Khabarhub Khabarhub

पाल्पामा बस र जीप ठोक्किँदा ८ जना घाइते


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा आइतबार साँझ भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु १ ख ६०६१ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु १ ज २३६३ नम्बरको जीप एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका हुन् ।

तानसेनको होलाङ्दी नजिकै जीप र बस दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा बगनासकाली–८, बराङ्दीका ५६ वर्षीय तुल्सा घर्तिमगर गम्भीर घाइते भएकी छन् ।

यस्तै सोही स्थान बस्ने ३० वर्षकी गंगा घर्तिमगर, रम्भा गाउँपालिका–१, बस्ने ३० वर्षकी गीता जिटी, रम्भा बस्ने ८ वर्षका चौटाल जिटी, ४ वर्षकी समिक्षा जिटी र ३० वर्षका जीतबहादुर जिटी घाइते भएका छन् ।

घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनामा भारत स्थायी घर भई हाल तानसेन ६ बस्ने २६ वर्षकी सुदा साहनी र रिब्दीकोट गाउँपालिका १, बस्ने ३६ वर्षका जीप चालक माधव पाण्डे समेत घाइते भएका छन् । दुबैजनाको तानसेन युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ३५ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ