बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, अझै सयौँ बेपत्ता | Khabarhub Khabarhub

बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, अझै सयौँ बेपत्ता


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रमाडीन्हो-  ब्राजिलको दक्षिणपूर्वी मिनास राज्यमा शुक्रबार बाँध भत्किएर मृत्यु हुनेहरुको संख्या ३४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार बिहान घटनास्थलबाट ४६ जनालाई उद्धार गरिएको छ ।

खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीले बनाएको बाँध भत्किएका कारण उक्त दुःखद घटना भएको हो ।

जीवितै उद्धार गरिएकामध्ये २३ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

भेल कम्पनीका अनुसार कम्पनीका अरु २५२ जना कामदार अझै बेपत्ता छन् ।

घटनास्थलमा अझै पनि खोजी तथा उद्धारका लागि छुट्टा छुट्टै टोलीहरु परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।

बाँध भत्किएसँगै माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धारमा खटिएकाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  १२ : ५९ बजे

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष