क्रिकेट र फुटबल खेलाडीले दशैं मनाउन नपाउने ! | Khabarhub Khabarhub

क्रिकेट र फुटबल खेलाडीले दशैं मनाउन नपाउने !


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीहरुको चाड दशैं आजबाट शुरु भइसकेको छ । दशैंको टीका नजिकिएसँगै देश बाहिर रहेका नेपालीहरु घर फर्किने क्रम चलिरहेको छ भने नेपालमै भएरपनि घरबाट टाढा रहेकाहरु दशैं मनाउनकै लागि घर फर्किने थालिसकेका छन् ।

१३ औं दक्षिण एसियली खेलकुदको सरगर्मी बढीरहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरुलाई दशैंका लागि भनेर ५ दिनको सार्वजनिक विदा दिने बताइसकेको छ ।

तर, केही खेलाडीहरु चाँहि दशैं नजिकिएसँगै देश बाहिर पुगेका छन् ।

अहिले सिंगापुरमा त्रिकोणात्मक क्रिकेट शृङ्खला खेलिरहेको नेपाली क्रिकेट टोली र फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलिरहेको राष्ट्रिय फुटबल टोली भने दशैंकै बीचमा विदेशमा हुनेछन् ।

अहिले सिंगापुरमा रहेको क्रिकेट टोली सिंगापुरमा अक्टोबर २ को त्रिकोणात्क शृङखलाको अन्तिम खेल सिंगापुरविरुद्ध खेलिसकेपछि ओमानमा हुने शृङ्खलाका लागि त्यसतर्फ प्रस्थान गर्नेछ ।

ओमानमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्डसहभागी हुने शृङ्खला असोज १८ गतेशुरु भएर २३ गतेसम्म चल्नेछ भने क्रिकेट टोलीले ओमानमा दशैं मनाउँनेछ ।

यता, विश्व छनोटको दोस्रो चरण खेलिरहेको नेपाल यसैबीच अस्ट्रेलियासँगको खेलका लागि अस्ट्रेलिया जाँदैछ । नेपाली फुटबल टोलीले अक्टोबर १० अर्थात् असोज २३ गते हुने विश्व कप छनोट अन्तरगतको अवे खेल अस्ट्रेलियासँग खेल्नेछ ।

त्यसैका लागि नेपाली टोली अक्टोबर २ अर्थात् १५ गते अस्ट्रेलिया जाने तयारीमा रहेको छ । अस्ट्रेलिया जाने भएपछि नेपाली फुटबल टोलीका खेलाडीको यो दशैं पनि अस्ट्रेलियामा मनाउने भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १ : ५६ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा