मुस्ताङी च्याङ्ग्राको मूल्य १८ हजारदेखि ३२ हजारसम्म | Khabarhub Khabarhub

मुस्ताङी च्याङ्ग्राको मूल्य १८ हजारदेखि ३२ हजारसम्म


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 बाग्लुङ- दशैंका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्रा बाग्लुङ पुगेका छन् । बिक्रीका लागि काठमाडौं ल्याइँदै गरेका च्याङ्ग्राको मूल्य १८ हजारदेखि ३२ हजारसम्म पर्ने व्यवसायीले बताएका छन् ।

दशैंलाई लक्षित गरेर मुस्ताङबाट ३० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा नेपालका विभिन्न ठाउँमा बिक्रीका लागि ल्याइएको बताइएको छ ।

पर्याप्त चरन क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगका कारण विगतका तुलनामा यस वर्ष भेडा–च्याङ्ग्राको संख्या बढेको हो ।

दशैं तिहारका लागि मुस्ताङका साथै चीनको सिमावर्ती तिब्बत क्षेत्रबाट समेत भेडा–च्याङ्ग्रा नेपाल ल्याउने गरिन्छ ।

हिमाली क्षेत्रको जडिबुटी खाने भएकाले मुस्ताङी भेडाच्याङ्ग्राको मासु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेरका भेडा च्याङग्रा काठमाडौँ, पोखरा, चितवन, बाग्लुङ, कुश्मा र पोखरासम्म पु¥याइन्छ । गत वर्ष मुस्ताङबाट २६ हजार ४०० भेडा–च्याङग्रा निकासी भएका थिए ।

मुस्ताङमा रोगी भेडा–च्याङ्ग्रा निकासी हुन नदिने गरी स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरेर मात्रै निकासी अनुमति दिईएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ४८ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र