पैसा नदिएपछि नरिवल व्यापारीमाथि प्रहरीले गरे हातपात (भिडियो सहित) | Khabarhub Khabarhub

पैसा नदिएपछि नरिवल व्यापारीमाथि प्रहरीले गरे हातपात (भिडियो सहित)


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल बनेको छ । मुस्कानसहितको सेवा दिने प्रहरीले एउटा व्यापारीमाथि गरेको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

जनकपुरको फुटपाथमा नरिवल बेचेर गुजारा गर्ने एक किशोरलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गर्ने युवालाई प्रहरीले हातपात गरेका छन् ।

बिहीबार दिउँसो जानकी चोकस्थित नरिवल व्यापारीलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । जानकी मन्दिरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले नरिवल बेचेर जीवन निर्वाह गर्दै आएका रोशन चौधरीलाई कुटपिट गरेका थिए ।

चौधरीले आफूसँग प्रहरीले सुरुमा मसँग पैसा मागेको र पैसा नदिएपछि गालामा हिर्काएको बताएका छन् । भिडियो सार्वजनिक भएको थाहा पाएपछि ती पर्यटक प्रहरीले भिडियो सार्वजनिक गर्ने सुशील कर्णमाथि पनि हातपात गरेका छन् ।

घटना विषयमा छानविन जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : २८ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन