दीपकराज गिरीलाई आफ्नै बोली भारी ! | Khabarhub Khabarhub

दीपकराज गिरीलाई आफ्नै बोली भारी !


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता दीपकराज गिरी आफ्नो फिल्म ‘छ माया छपक्कै’ को प्रचारमा जुटिसकेका छन् ।  यो फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ भने रोहित अधिकारीको लगानी छ । फिल्म निर्माणको घोषणा गर्नुअघि नै यो फिल्म दशैँमा रिलिज हुने भनिएको थियो ।

तर, दशैँमा बलिउडको मंहगो फिल्म ‘वार’ रिलिज हुने भएपछि गिरीलाई आफ्नो फिल्मको रिलिज मिति तोक्न सकस भएको छ । यतिबेला यो फिल्म अब यो फिल्म असोज २४ मा धकेलिने सम्भावना छ ।

गिरी तिनै अभिनेता हुन्, जसले विदेशी फिल्मले पनि आफ्नो फिल्मलाई कुनै असर नपार्ने बताएका थिए । त्यसो त उनले नेपाली फिल्म एकसाथ रिलिज हुन नहुने धारणा पनि राख्ने गरेका छन् । तर, निर्माण गरिनु अगावै फिल्म दशैँमा रिलिज हुने भनिएकाले गिरीले जुनै हालतमा पनि दशैँमै ल्याउने धेरैको अपेक्षा थियो ।

अब भने दशैँको टीकापछि मात्र फिल्म रिलिज गर्ने तरखरमा निर्माण टिम रहेको छ ।

हुन त यसअघि पनि गिरीले चलचित्र ‘छक्का पञ्जा ३’ को प्रचारका क्रममा राम्रा फिल्म बनाए दशैँ कुर्न नपर्ने भन्दै अर्को वर्षदेखि आफ्ना कुनै फिल्म दशैँमा नआउने बताएका थिए । तर,  यस्तो धारणा राखेको केही समयपछि नै उनको टिमले दशैँमा फिल्म रिलिज हुने बताएको थियो ।

दीपकराज गिरीले विदेशी फिल्मसँग डराउन नहुने बताएका थिए । अहिले भने बलिउडकै फिल्मका कारण उनको टिमले रिलिज मिति तोक्न सकेका छैनन् ।

बलिउड फिल्म ‘वार’ को पनि उत्तिकै चर्चा छ । नेपाली फिल्म उद्योगमा बलिउड फिल्म कतिसम्म हाबी भएको छ भन्ने हेर्न त दशैँ कुर्नपर्ने पनि छैन । भोलि शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘साहो’ का कारण नेपाली फिल्म ‘मारुनी’ चेपुवामा परेको छ ।

यस्तो अवस्थामा प्रतीक्षित बलिउड फिल्म ‘वार’ ले पनि यस्तो अवस्था ल्याउने हो कि भनेर सचेत हुनु सामान्य नै हो । तर, यतिबेला भने दीपकराज गिरीलाई आफ्नै बोली भारी भएको भन्दै कतिपयले तर्क गर्न थालेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ३ : ५६ बजे

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा