विभागहरुको जिम्मेवारी नटुंगिँदै नेकपा अध्यक्षद्वय विदेश भ्रमणमा जाँदै | Khabarhub Khabarhub

विभागहरुको जिम्मेवारी नटुंगिँदै नेकपा अध्यक्षद्वय विदेश भ्रमणमा जाँदै


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विभागहरुको जिम्मेवारी टुंग्याउन सकस भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय बाँकी काम थाती राख्दै विदेश भ्रमणमा जाने भएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आगामी साउन १८ गते सिंगापुर जाने कार्यक्रम तय भएको छ भने दाहाल भोलि (मंगलबार) युएईको दुबई जाँदै छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आउँदो साउन १८ गते प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली १० दिने सिंगापुर भ्रमणमा जान लागेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा केही समस्या भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । आर्मी अस्पतालमा उनको मिर्गौलाको वायोप्सी भएको र अहिले मुटुको गति ठीक नभएकाले थप उपचारका लागि चिकित्सकले प्रधानमन्त्रीलाई विदेश जान सल्लाह दिएको बुझिएको छ ।

पछिल्लो समय प्रधानमन्त्रीको दौड्धुप बढ्दा स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यस्तै, अर्का अध्यक्ष दाहाल पत्नी सीता दाहालको उपचारका लागि भोलि (मंगलबार) युएईको दुबई प्रस्थान गर्न लागेका हुन् । दाहाल दम्पतीसँगै पुत्री गंगा र नातिनी पनि जाँदै छन् ।

पत्नी सीताको उपचारका लागि युएई जान लागेको भनिए पनि दाहालको यो विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । दाहालको चार दिने युएई भ्रमणलाई निजी भ्रमण भनिएको छ ।

विभागीय प्रमुखको जिम्मेवारीका विषयमा छलफल गर्न सोमबार दिउँसो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको विदेश भ्रमणबारे जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ८ : १९ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०