आयुष इन्टर्नेशनल म्यानपावरको पोखरा शाखा कार्यालयमा सिलबन्दी | Khabarhub Khabarhub

आयुष इन्टर्नेशनल म्यानपावरको पोखरा शाखा कार्यालयमा सिलबन्दी


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुष इन्टर्नेशनल म्यानपावरको पोखराको शाखा कार्यलयमा सिलबन्दी गरिएको छ ।

वैदेशिक रोजगार विभागबाट सञ्चालन अनुमति नलिई म्यानपावरको शाखा कार्यालय बन्द गर्न विभागले श्रम कार्यालय पोखरालाई निर्देशन दिएका थिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म कुमार भुसालले श्रम कार्यालय पोखरालाई तत्काल अनुमति नलिइ सञ्चालनमा भइरहेका शाखा कार्यालय बन्द गर्न निर्देश दिएसँगै उक्त म्यानपावर सिल गरिएको हो ।

शाखा कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले आयुष इन्टर्नेशनल ओभरसिज सर्भिस प्रा लिको नाममा पोखराको सभागृह र सृजनाचोकबीचमा कार्यालय राखेर चलाइएको पाइएकोले शिलबन्दी गरिएकोको श्रम कार्यालय पोखराका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

विभागको निर्देशन बमोजिम नै स्थलगत अनुगमन गरि आवश्यक कागजात नियन्त्रणमा लिएर एक कर्मचारीलाई श्रम कार्यालय पोखरामा उपस्थितिको लागि पत्र काटिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

अनुमति बिना नै अबैध रुपमा शाखा चलेको पाइएकोले जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयको संयुक्त टोलीले म्यानपावरको शाखा कार्यालय सिलबन्दी गरिएको उनले बताए । उक्त शाखाबाट १ ल्यापटप, १ मोबाइल , सेवाग्राही फलो अप डायरी अनुसन्धानका लागि लिइएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : २८ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन