कतारले बनायो घरेलु कामदारमैत्री नयाँ नियम | Khabarhub Khabarhub

कतारले बनायो घरेलु कामदारमैत्री नयाँ नियम


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार सरकारले विदेशी घरेलु कामदार लिने नयाँ नियम लागू गरेको छ । कतारमा रोजगारीका लागि घरेलु काममा जाने विदशी कामदारका हकमा त्यहाँको गृह मन्त्रालयको अनुमति लिनु पर्ने भएको छ ।

घरेलु कामदारबारे नयाँ नीतिगत निर्णय भएपछि घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर एजेन्सीहरुलाई सहभागी गराई कतारको आन्तरिक मन्त्रालय, भिसा सहायता विभाग, प्रशासनिक विकास तथा श्रम सामाजिक समन्वय मन्त्रलयले नीति परिवर्तनबारे गत हप्ता जानकारी दिएको जनाइएको छ ।

श्रमिक आपूर्ति गर्ने म्यानपावर एजेन्सीहरुले आन्तरिक मन्त्रालय र सर्भिस सेन्टरबाट विदेशी कामदार आपूर्ति गर्ने सिफारिश पाउने छन् । सिफारिश पाएपछि कतार भिसा सेन्टर (क्यूभीसी) बाट बायोमेट्रिक, फिंगरप्रिन्ट र करारपत्रमा हस्ताक्षर गर्ने औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने नयाँ नियममा उल्लेख गरिएको छ ।

नयाँ निर्णय मूश्लिमको महत्वपूर्ण चाड इद अल अदापछि कार्यान्वयन गर्ने भिसा सहायता विभाग प्रमुख मेजर जनरल अब्दुल्लाह अल मुन्नहदिले जानकारी दिए ।

कतारमा उँटको हेरचाह, खेतीकिसानी गर्ने, घरको ड्राइभर, घरमा खाना पकाउने, हेरालु र बगैंचामा काम गर्ने कामदार घरेलु कामदार लिदै आएको छ । कतारमा ८० हजार नेपाली कार्यरत छन् । घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न कतारले केही महिना अघि नयाँ कानून जारी गरेको थियो । नेपाल सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया घरेलु काममा महिला कामदार पठाउन बन्द गरेको छ ।

नयाँ कानूनमा घरेलु कामदारलाई नयाँ कानुनले सातामा एक दिन बिदा दिनुपर्ने व्यवस्था गरेको छ । बिदामा काममा लगाउन नपाउने, बस्ने सुरक्षित आवास दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने, वर्षमा तीन साताको उपदान दिनुपर्ने, दिनमा आराम गर्ने सुविधा दिनुपर्ने, महिना समाप्त भएको तीन दिनभित्र बैंकबाट तलब दिनुपर्ने वा तलब दिएको रसिद दिनुपर्ने, कामदारलाई राम्रो व्यवहार गर्नुपर्ने, लत्ताकपडा र औषधि उपचारको सुविधा दिनुपर्ने नयाँ कानूनमा व्यवस्था गरिएको छ ।

नयाँ कानूनअनुसार घरेलु कामदारले आफुै करारपत्र र राहदानी राख्न पाउने छन् । करारपत्र अरबी र अंग्रेजीमा हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : २२ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले