पढ्न बस्दा यी दिशा फर्कनुहोस्, तेजस्वी बनाउने छ | Khabarhub Khabarhub

पढ्न बस्दा यी दिशा फर्कनुहोस्, तेजस्वी बनाउने छ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कुनै पनि भवन निर्माण गर्दा वास्तुशास्त्रका सिद्धान्तहरूको पालना गर्नु जरूरी हुन्छ । आजकलका भवनहरू सबै सुखसुविधाले भरिपूर्ण हुन्छन् तर वास्तु नमिलाई बनाइएकाले तिनमा बस्ने मान्छेलाई जतिखेर पनि तनाव भइरहेको हुन्छ ।

त्यसैगरी विद्यालय भवन वा घरको अध्ययनकक्षको वास्तु मिलेको छैन भने पढाईमा खासै प्रगति हुन पाउँदैन । विद्यार्थीहरूले अध्ययनप्रति रुची देखाउँदैनन् ।

वास्तुशास्त्रका अनुसार पूर्व, उत्तर र ईशान दिशालाई ज्ञानवर्धक दिशा मानिएको छ । त्यसैले पढ्दाखेरी यी दिशातर्फ फर्केर पढ्नु लाभदायी हुन्छ ।

परिस्थितिवश हाम्रो अध्ययनकक्ष पश्चिम दिशामा छ भने पनि हामी माथि उल्लेख गरिएका दिशातर्फ फर्केर पढौं । विज्ञानका अनुसार इन्फ्रारेड किरणहरू हामीलाई उत्तरपूर्वी कोण अर्थात् ईशान कोणबाटै प्राप्त हुन्छन् ।

यी किरण मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी हुन्छन् । यिनले शरीरका कोषिकाहरूलाई शक्ति प्रदान गर्छन् र एकाग्रता ल्याउन मद्दत गर्छन् ।

एकाग्रताले नै विद्यार्थीलाई अध्ययनमा सफल बनाउने काम गर्छ । त्यसैले पूर्व, उत्तर र ईशान दिशातर्फ फर्केर अध्ययन गर्नु उपयुक्त हुन्छ ।

विद्यार्थीहरूले कोठाको ढोकातर्फ ढाड देखाएर कहिल्यै पनि पढ्नु हुँदैन । कोठाको बीममुनि बसेर कहिल्यै पढ्नु हुँदैन किनकि यसबाट मानसिक तनाव उत्पन्न हुन्छ ।

विद्यार्थीले जहिलेपनि दक्षिण वा पश्चिमतर्फ शिर राखेर सुत्नुपर्छ । दक्षिणतर्फ सुत्दा स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढ्न खुब मन लाग्छ ।

किताबका र्‍याकहरू दक्षिण र पश्चिम दिशामा राख्नुहोस् । अनि पढ्ने कोठामा खुला र्‍याकहरु नराख्नुहोस् । खुल्ला राख्दा नकारात्मक ऊर्जा निस्कन्छ र स्वास्थ्य खराब हुन्छ । किताबहरू दराजमा ढोका बन्द गरेर राखेको राम्रो हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : २१ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा