यसरी पाउन सकिन्छ जापानको पीआर ? | Khabarhub Khabarhub

यसरी पाउन सकिन्छ जापानको पीआर ?


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अध्ययन, रोजगारी तथा भ्रमणका लागि हरेक वर्ष हजारौं नेपालीहरु जापान जाने गरेका छन् ।

सम्पन्न मुलुक र संस्कृतिमा समृद्ध मानिने जापान जानु नेपालीमात्र होइन विश्वभरका मानिसको सपना हुने गरेको छ । तर, जापानको स्थायी बसोबास अनुमतिपत्र पीआर कसरी पाउने भन्ने जिज्ञासा हुनसक्छ ।

‘एईजुकेन’ भनिने जापानको पीआर भएमा त्यहाँ आफ्नो भिसा नवीकरण गरिरहनु पर्दैन भने रोजगारदाता वा प्रायोजकको भर पनि परिरहनु पर्दैन । त्यस्तै पीआर भएकाले गर्ने काममा पनि कुनै सीमा हुन्न ।

आखिर कसरी पाउने त जापानको पीआर ?

जापानको पीआर प्रक्रिया सामान्य छ । सामान्यतः जापानको पीआर पाउनका लागि त्यहाँ अविच्छिन्न १० वर्षसम्म बसोबास गर्नुपर्ने प्रावधान छ ।

यद्यपि पीआर लिन चाहनेले जापानी नागरिक वा स्थायी बसोबास अनुमतिपत्र लिएकोसँग विवाह गरेमा ३ वर्षमा पीआरका लागि आवेदन गर्नसक्ने जनाइएको छ । त्यस्तै, जापानी समाजमा केही उल्लेखनीय योगदान दिएको प्रमाण पेश गरेमा उक्त अवधी भने कम हुनसक्ने व्यवस्था छ ।

नोबेल पुरस्कार वा सोही स्तरको ख्यातीप्राप्त पुरस्कार जितेको वा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा जापानका तर्फबाट भाग लिएकाले पनि १० वर्षभन्दा कम अवधीमै पीआरका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

त्यस्तै, पीआर चाहने आवेदकले नियमित रुपमा राज्यलाई कर तिरेको तथा सामाजिक सुरक्षामा योगदान दिएको हुनुपर्छ । त्यसबाहेक जापान बसाईका क्रममा आवेदकको कुनै आपराधिक रेकर्ड रहनुहुन्न । आवेदकले रोजगारी विवाह तथा अन्य सामाजिक शर्त पुरा गरेको हुनुपर्छ । त्यस्तै, आवेदक आर्थिक रुपमा स्वाबलम्बी भएको प्रमाण पनि पेश गर्नुपर्ने व्यवस्था छ ।

आर्थिक रुपमा स्वाबलम्बी हुन वर्षिक कति आम्दानी गर्नुपर्छ भन्ने यकिन नभएपनि सामान्यतः ३० लाख जापानी येन अर्थात् करिब २८ हजार अमेरिकी डलर तथा हरेक आश्रितका लागि थप ६ लाखदेखि ८ लाख येन अर्थात् ५५०० अमेरिकी डलर देखि ७५०० अमेरिकी डलरसम्म आर्जन भएमा त्यसलाई आर्थिक रुपमा स्वाबलम्बी भएको मानिन्छ ।

त्यसपछि फोटो, रोजगारीको प्रमाण, बसोबासको प्रमाण, आयश्रोतको विवरण, राहदानीको नक्कललगायतका आवश्यक कागजात पेश गरी पीआरको आवेदन दिन सकिन्छ ।

पीआरका लागि आवेदन गरिएको ७ महिनासम्म पीआर तपाईंको हातमा आइपुग्छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : २२ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार