सरकारले राम्रो काम गरेको छ– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

सरकारले राम्रो काम गरेको छ– प्रधानमन्त्री ओली


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असार मसान्त भित्र पार्टी एकीकरणको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन् ।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाटी एकतामा केही अलमल भएपनि निरास हुने अवस्था नरहेको बताएका हुन् ।

एकतामा भएको ढिलाईबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षको समाप्तिसंगै एकीकरणका काम पनि पुरा हुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दे आएको र आगामी आर्थिक बर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पारे ।

“सरकारले राम्रो काम गरेको छ । सरकार आफ्ना महान उद्देश्यमा दृढ छ । लोकतन्त्रको रक्षा गर्ने कुरामा , लोकतन्त्र सुदृढ गर्ने कुरामा, लोकतन्त्र कार्यान्वयन गर्ने कुरामा र लोकतन्त्रका व्यापक उद्देश्यहरु साकार पार्ने कुरामा । देशमा शुसासन र विकास हासिल गर्ने कुरामा” ओलीले भने ।

आफुहरुले सरकार माथि जबरजस्ती विश्वास गर नभन्ने भन्दै ओलीले सरकारले गरेका कामहरुको मुल्यांकन गर्न सबैमा आग्रह गरे । ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : २६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला