शनीको सबैभन्दा ठूलो चन्द्रमामा अन्तरिक्षयान यान पठाउँदै नासा | Khabarhub Khabarhub

शनीको सबैभन्दा ठूलो चन्द्रमामा अन्तरिक्षयान यान पठाउँदै नासा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नासाले शनी ग्रहको सबैभन्दा ठूलो चन्द्रमा टाइटनमा अन्तरिक्षयान अवतरण गर्ने योजना सार्वजनिक गरेको छ ।

नासाले योजना सार्वजनिक गर्दै टाइटनमा रोबोटिक प्रविधिबाट स्वचालित अन्तरिक्षयान अवतरण गर्ने घोषणा गरेको हो । टाइनटमा अवतरण गर्नका लागि ड्रागनफ्लाई नामक यानलाई सन् २०२६ मा त्यसतर्फ प्रक्षेपण गरिने नासाले जनाएको छ ।

उक्त यान १० वर्षपछि अर्थात् सन् २०३६ भित्र टाइटनको सतहमा अवतरण गर्ने अपेक्षा छ । ड्रागनफ्लाईले करिब ३ वर्षसम्म टाइटनमै अनुसन्धानमा बिताउने जनाइएको छ ।

ड्रागनफ्लाईले त्यहाँको सतहमा रहेको माटोको अवशेषको अध्ययन गरी त्यहाँ जीवावशेष रहे÷नरहेको बारे अनुसन्धान गर्ने नासाले जनाएको छ ।

टाइटन सौर्यमण्डलमा पृथ्वीजस्तै वातावरण भएको उपग्रह भएको मानिन्छ । यसअघि शनीबारे अध्ययन गर्न त्यसतर्फ पठाइएको क्यासीनी अभियानले टाइटनमा पृथ्वीको जस्तै वातावरण रहेकाले त्यहाँ जीवावशेष रहेको हुनसक्ने देखाएको थियो ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : १५ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश