सिन्धुपाल्चोक कारागारमा क्षमताभन्दा १५ गुणा बढी कैदीबन्दी | Khabarhub Khabarhub

सिन्धुपाल्चोक कारागारमा क्षमताभन्दा १५ गुणा बढी कैदीबन्दी


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित कारागारमा क्षमता भन्दा १५ गुणा बढी कैदीबन्दी राखिएको छ । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले नवनिर्मित पुरुष कारागार भवन भत्केपछि ७ महिला बन्दीका लागि निर्माण गरिएको कारागार भवनमा हाल १ सय ५ जना कैदीबन्दी राखिएको कारागार कार्यालयका प्रमुख विश्वश्वर रेग्मीले बताए ।

उक्त भवन पनि भूकम्पले चर्केका कारण पानी चुहिने हुँदा बजेट अभावका कारण प्लास्टिक ओढाएर कैदीबन्दीको सुरक्षा गर्न परेको कार्यालय प्रमुख रेग्मीले जानकारी दिए । हाल महिला बन्दी नभएका र आइहालेमा स्थान अभावका कारण प्रहरीको हिरासतमा राखी तुरुन्तै विभागमा पठाउने गरेको सो कार्यालयले जनाएको छ ।

कैदीको चापका कारण महिला बन्दीका लागि बनाएका दुई वटा शौचालयमा लामो समयसम्म पालो कुर्नु पर्दा समस्या थियो । यद्यपि हालै मात्र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा थप ३ शौचालय निर्माण भएपछि केही सहज भएको छ ।

त्यसैगरी कम्पाउन्डमा काँडेतार लगाएपछि कम्पाउण्डभित्र सामान्य हिँडडुल गर्नसमेत केही सहज भएको कैदीबन्दीहरुको गुनासो छ ।

भूकम्प आउनासाथ फरार भएका २ सय १६ कैदीमध्ये हालसम्म १ सय २२ जना सम्पर्कमा आइसकेका छन् बाँकी ९४ अझै फरार छन् । त्यसमध्ये सुनकाण्ड लगायतका अपराधमा सजाय भोगिरहेका १२ विदेशी नागरिकसमेत छन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ३ : १० बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्