सूचना प्रविधि सम्बन्धी विधेयकमाथि विकास समितिमा छलफल | Khabarhub Khabarhub

सूचना प्रविधि सम्बन्धी विधेयकमाथि विकास समितिमा छलफल


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको विकास तथा प्रविधि समितिमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि प्रारम्भिक छलफल शुरु भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सो विधेयकमाथिको प्रारम्भिक छलफल शुरु गरिएको हो । छलफलमा भाग लिँदै समितिका सदस्यहरुले सूचना, प्रविधिका कारण हुने महिला हत्या, हिंसालगायतका जघन्य अपराध नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए ।

समितिकी सदस्य इन्दुकुमारी शर्माले महिला हत्या, हिंसालगायतका अपराधका घटना हुन नदिने गरी आवश्यक सूचना प्रविधि सम्बन्धी कानूनको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सूचना प्रविधिलाई नियन्त्रण गर्ने भन्दा पनि त्यसको दूरुपयोग हुन नदिने गरी कानून निर्माण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

समितिका अर्का सदस्य केदार सिग्देलले सूचना प्रविधिको दुरुपयोग हुन नदिन सरकारलाई सचेत गराए । उनले सूचना प्रविधिको दुरुपयोगबाट हुने अपराधजन्य घटना नियन्त्रणको नाममा सूचना प्रविधिमाथि नै प्रतिबन्ध लगाउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले ल्याएको सो विधेयक सूचना प्रविधिलाई नै नियन्त्रण गर्ने गरी आएको भन्दै आलोचना गर्न पनि शुरु गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : १० बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको