जनसङ्ख्याको चाप थेग्न नसकेपछि राजधानी नै सार्ने मनशायमा इण्डोनेशिया | Khabarhub Khabarhub

जनसङ्ख्याको चाप थेग्न नसकेपछि राजधानी नै सार्ने मनशायमा इण्डोनेशिया


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इण्डोनेशिया– इण्डोनेशियाले अब आफ्नो राजधानीलाई जकार्ताबाट अन्यत्र सार्ने भएको छ । राष्ट्रपति जोको ‘जोकोवी’ विदोदोले हाल जाभा टापुमा रहेको राजधानी जकार्तामा जनसङ्ख्याको चाप उच्च रहेकाले राजधानी अन्यत्र सार्ने योजना अघि सारेका हुन् ।

त्यहाँका योजनामन्त्री बामबाङ ब्रोदजोनेगोरोले राजधानी जनसङ्ख्याको चाप उच्च रहेको जाभा टापुबाट अन्यत्र सार्न राष्ट्रपनि विदोदोले निर्देशन दिएको जनाएका हुन् ।

उनले यद्यपि सरकारले हालसम्म नयाँ राजधानीको ठेगाना  निर्क्यौल गरिनसकेको जनाएका छन् । जाभा टापुको उत्तरी तटमा रहेको राजधानी जकर्तालाई अन्यत्र सार्न भने कम्तीमा १० वर्ष लाग्ने योजनामन्त्रीको भनाइ छ ।

यसअघि मलेशिया, कजाखस्तान, ब्राजिल लगायतका मुलुकले पनि राजधानी सारेको उल्लेख गर्दै योजनामन्त्री ब्रोदजोनेगोरोले दक्षिणपूर्वी एशियाको सबैभन्दा महत्वपूर्ण आर्थिक केन्द्रका रुपमा रहेको इण्डोनेशियाले पनि राजधानी अन्यत्र सार्ने योजना अघि सारेको जनाएका हुन् ।

केबल १ लाख २८ हजार वर्गाकिलोमिटरको जाभा टापुको जनसङ्ख्या साढे १४ करोड रहेको अनुमान छ । जाभा टापु संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको टापु हो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ४५ बजे

‘नेपाल यसकारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम