संसद ‘मणि हराएको नागजस्तो’ भयो : डा. बाबुराम भट्टराई | Khabarhub Khabarhub

संसद ‘मणि हराएको नागजस्तो’ भयो : डा. बाबुराम भट्टराई


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले संसद मणि हराएको नागजस्तो भएको टिप्पणी गरेका छन् ।

सोमबारबाट शुरु भएको संसदको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै डाक्टर भट्टराईले संसदमा जीवन्त तरिकाले छलफल हुन नसकेको भन्दै पछिल्ला केही दिनमा संसदमा नुन नभएको तरकारीजस्तो बन्न लागेको बताएका हुन् ।

समृद्धि सबैको थेगो बनेको भन्दै डा. भट्टराईले पछिल्ला ३ वर्षमा निरन्तर ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि भइरहेको भन्दै राम्रो संकेत भएको बताए । तर सतहमा देखिएको वृद्धिदर देखेर रनभुल्ल पर्न भने नहुने उनले तर्क गरे ।

भुकम्पको क्षतिपछि भइरहेको पुनर्निर्माणको कामका कारण आर्थिक वृद्धिदर बढेको भन्दै उनले अर्थतन्त्र संरचनागत समस्याबाट बाहिर निस्कन नसकेको बताए । आर्थिक वृद्धिदरमा औद्योगिक क्षेत्र, कृषि लगाएतको र्भूमिका खुम्चिएको भन्दै अर्थतन्त्र गम्भिर समस्यामा रहेको डा. भट्टराईले बताए ।

उनले आगामी आर्थिक वर्षको बजेटमा सबै विषयको सम्बोधन हुनुपर्ने समेत बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : १९ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै