संविधान संशोधन नभए सरकारबाट बाहिरिने फोरमको चेतावनी | Khabarhub Khabarhub

संविधान संशोधन नभए सरकारबाट बाहिरिने फोरमको चेतावनी


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

सोमबार शुरु भएको संसदको बजेट अधिवेशनको बैठकमा बोल्दै संघीय समाजवादी फोरमका नेता तथा सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधनको माग पूरा नभए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने शर्तका साथ आफूहरु सरकारमा सहभागी भएपनि सत्तारुढ दलले त्यसप्रति चासो नदिएको उनको भनाइ छ ।

सरकारमा सहभागी हुने बेलामा संविधान संशोधन गर्ने भन्ने एउटा सहमति भएको, तर सरकार बनेको १ वर्षसम्म पनि संविधान संसोधन गर्ने कुनै तयारी समेत नगरेको भन्दै आपत्ति जनाए ।

अब पनि संशोधन प्रक्रिया अगाडि नबढाइए आफ्नो पार्टी सरकारबाट बाहिरिने उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : १२ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा