राप्रपासम्वद्ध विद्यार्थी संगठनद्वारा अख्तियार कार्यलय घेराउ | Khabarhub Khabarhub

राप्रपासम्वद्ध विद्यार्थी संगठनद्वारा अख्तियार कार्यलय घेराउ


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको कार्यशैलीको विरोध गर्दै राप्रपा (संयुक्त)सम्बद्ध विद्यार्थी संगठनले अख्तियारको कार्यालय घेराउ गरेका छन् ।

सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले सुनियोजित र नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागत गर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको भन्दै युवाहरुले आज विरोधस्वरुप अख्तियार परिसर घेराउ गरेको जनाएका छन् ।

राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनद्वारा आयोजित विरोध कार्यक्रमको दौरान युवाहरुले मुलुकमा व्याप्त भ्रष्टाचारको विरोध गर्दे अख्तियार प्रवक्ता प्रदिप कोइराला समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा सत्ता पक्ष र प्रतिपक्षको राष्ट्रिय सहमति रहेको वाइड बडी प्रकरण, बालुवाटार जग्गा काण्ड लगायतका अनियमिततामा कारवाहीको माग गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र