पर्वतमा विप्लव नेकपाका एक नेता पक्राउ | Khabarhub Khabarhub

पर्वतमा विप्लव नेकपाका एक नेता पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– नेत्रविक्रम चन्द नेतृत्वको एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल प्रहरीले पक्राउ गरेको हो ।

नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले गरेको हिंसात्मक गतिविधिलाई सकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ ।

केही दिन पहिले छिमेकी जिल्ला म्याग्दी र कास्कीबाट पनि विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : १० बजे

पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता)

अशोक राईले आइतबार जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ पार्टी

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।