सरकारले भ्रष्टाचारलाई नै विकेन्द्रीकरण गर्‍यो : अध्यक्ष राणा  | Khabarhub Khabarhub

सरकारले भ्रष्टाचारलाई नै विकेन्द्रीकरण गर्‍यो : अध्यक्ष राणा 


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले जनताको मन जित्ने काम गर्न नसकेको आरोप लगाएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले शुक्रबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले सरकारको पछिल्लो क्रियाकलाप हेर्दा जनताको मन जित्ने कार्य गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको समेत आरोप लगाए ।  वाइडबडी प्रकरणमा भएको भ्रष्टाचार सरकारमा रहेका दलहरुले नै बाडिचुडी खाएको समेत आरोप लगाए ।

त्यस्तै, राणाले केन्द्रमा मौलाएको भ्रष्टाचारलाई सरकारले वडा वडामा लगेर भ्रष्टाचारकै विकेन्द्रीकरण गरेको टिप्प्णी गरे । जनताले दिएको दुई तिहाईको मतको अवमुल्यन हुने गरी काम नगर्न उनले सरकारलाई सचेत गराए ।

मुलुकमा ८१ प्रतिशत भन्दा बढी हिन्दु रहेको भन्दै नेपाललाई धर्मनिरपेक्षबाट हिन्दु राष्ट्रमा फर्काउनुपर्ने बताए । कार्यक्रममा सहभागी नेताहरुले राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र हिन्दुवादीहरुको एकता अहिलेको आवश्यकता भएको धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ३९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत