किन फेरि दोहोरिइन् ‘लभ स्टेशन’ मा प्रदीपसँग जसिता ? | Khabarhub Khabarhub

किन फेरि दोहोरिइन् ‘लभ स्टेशन’ मा प्रदीपसँग जसिता ?


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रबार अर्थात् चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ को खासै चर्चा छैन । फिल्म ‘रोज’ पछि प्रदीपलाई दर्शकले लभर ब्याइको भूमिकामा ‘लभ स्टेशन’ मा  देख्दैछन् । यो फिल्ममा प्रदीपको अपोजिटमा छिन्, जसिता गुरुङ ।

फिल्म ‘लिलिबिली’ पछि उनै जसिता दोस्रो फिल्मसहित दर्शकमाझ आउँदैछिन् । फेरि पनि उनलाई पर्दामा प्रदीपकै जोडीको रुपमा देखिनेछ । फिल्मी क्षेत्रमा चर्चा चल्न थालेको छ, आखिर किन जसिता प्रदीपसँगै फिल्म खेलिन् त ?

बिहीबार जसिताले एक भेटमा यसबारेमा प्रष्ट पारेकी छिन् । जसिताले फिल्म ‘लिलिबिली’ गरेपछि सोही ब्यानरको अर्को फिल्म पनि गर्नुपर्ने शर्त भएकाले ‘लभ स्टेशन’ मा काम गरेको बताइन् । ‘लिलिबिलीमा अभिनय गरेपछि गोविन्द (शाही) सरले दोस्रो फिल्ममा पनि काम गर्नुपर्छ भन्नुभएको थियो, मैले हुन्छ भनेकी थिएँ, दोस्रो फिल्ममा पनि प्रदीप खड्का नै हुनुहुँदो रहेछ ।’, जसिताले सुनाइन् ।

उनले फिल्ममा आफूले गर्ने भए पनि प्रदीप नभएको पनि उनले बताइन् ।

प्रदीपले पनि काफिया फिल्मसको ब्यानरमा जसितालाई पूर्वसहमति अनुसार निर्माताले लिएको बताए । उनले भने, ‘मैले प्रेमगीतमा काम गर्दा प्रेमगीत २ मा पनि काम गर्नैपर्ने शर्त थियो, जसितालाई पनि लिलिबिलीमा त्यस्तै शर्त थियो ।’

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्का र जसिता गुरुङलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा प्रदीपले एक गायकको भूमिका निभाएका छन् ।

काफिया फिल्मसको ब्यानरमा बनेको यो फिल्ममा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश काफ्ले, रश्मी पाण्डे लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : २८ बजे

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित  

काठमाडौं– गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी