वन कार्यालयका प्रमुखसहित ३ कर्मचारी घुस लिँदा लिँदै पक्राउ | Khabarhub Khabarhub

वन कार्यालयका प्रमुखसहित ३ कर्मचारी घुस लिँदा लिँदै पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बाराको सिमरास्थित डिभिजन वन कार्यालयका ३ जना कर्मचारी १ लाख १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डिभिजन वन कार्यालय सिमराका कार्यालय प्रमुख (डिभिजन वन अधिकृत) शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केसरी र कार्यालय सहयोग रामचन्द्र अधिकारी छन् ।

कवाडी मालसामान सम्बन्धी ठेक्का स्वीकृत गर्न भनेर सेवाग्राहीसँग घुस मागेको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

डिभिजन वन अधिकृत ठाकुर र सहायक वन अधिकृ केसरी २५ हजार र कार्यालय सहयोगी अधिकारी ९० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ परेका हुन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : २५ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले