नेपालगञ्जमा भेटियो हतियार बनाउने कारखाना | Khabarhub Khabarhub

नेपालगञ्जमा भेटियो हतियार बनाउने कारखाना


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेको नेपालगञ्जमा घरेलु हतियार बनाउने कारखाना फेला परेको छ। हतियार निर्माण हुने सूचना पाएको प्रहरीले छापा मार्दा घरेलु हतियार बनाउने कारखाना नै पत्ता लगाएको हो ।

प्रदेश ५ प्रहरीको विशेष व्युरोले हतियारको कारखाना लगाउने जंघवीर नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको नेपालगन्ज प्रहरीले जानकारी दिएको छ । नेपालीले हतियार बनाउन प्रयोग गर्ने उपकरण तथा निर्माण भएका हतियार पनि बरामद गरेको नेपालगञ्ज प्रहरीले जानकारी दिएको छ ।

नेपालीले तयार पारेका हतियार के प्रयोजनमा चलाइने गरेको थियो र यसअघि कति निर्माण भएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ३० बजे

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२