परीक्षा रद्द भएपछि विद्यार्थी सडक आन्दोलनमा | Khabarhub Khabarhub

परीक्षा रद्द भएपछि विद्यार्थी सडक आन्दोलनमा


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा-प्रदेश नम्बर २ मा एक पछि अर्को गरी प्रश्न पत्र बाहिरिएपछि विद्यार्थीहरु सडक आन्दोलनमा निस्किएका छन् । आज (शुक्रबार) सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले प्रश्न पत्र बाहिरिएपछि जिम्मेवार निकायलाई कडा कारबाहीको माग राख्दै सिरहाको चोहर्वा र लाबन्दीमा सडक अवरुद्ध गरेका छन् । परीक्षापत्र बाहिरिनुमा दोषी विद्यार्थी नभएको भन्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नमिल्ने उनीहरुले बताएका छन् ।

प्रदेश नम्बर– २ मा माध्यमिक शिक्षा परीक्षामा चरम लापरबाही देखिएको छ । विगतका वर्षहरुमा तराईका जिल्लामा अधिक मात्रामा चिट चोरेका घटना सार्वजनि हुने गरेको भए पनि यो वर्ष भने लगातार दुई दिन प्रश्न पत्र बाहिरिएको घटना सार्वजनिक भएको हो ।

बिहीबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएको थियो भन शुक्रबार पनि सामाजिक विषयको परीक्षा रद्द गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : ४१ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार