ढुङ्गाले हानेर एटीएम मेसिनबाट रकम लुट्न खोज्ने २ जना पक्राउ | Khabarhub Khabarhub

ढुङ्गाले हानेर एटीएम मेसिनबाट रकम लुट्न खोज्ने २ जना पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् ।

एटीएम बुटको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ घर भइ काठमाडौंको दाउराडिपो बस्ने २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् ।

प्रहरीका अनुसार उनीहरुले ढुंगा, पिलास र फलामको रेञ्च प्रयोग गरेर एटीएम मेसिन फुटाउन खोजेका थिए ।

ढुङ्गाको प्रयोगबाट एटीएम बुथको सटर तोडेपनि उनीहरुले एटीएम मेसिन भने फुटाउन सकेका थिएनन् ।

फलामको रेञ्च प्रयोग गरेर मेसिन फुटाउन क्रममा दुवैलाई महानगरीय प्रहरी बृत्त थानकोटको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एटीएम बुथको सटर तोड्न प्रयोग भएको ढुङ्गा, पिलास, फलामको रेञ्च र चक्कु बरामद गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ४ : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र