क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ | Khabarhub Khabarhub

क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ परेका छन् ।

भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो ।

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस सिंहदरबार घेराउ गर्ने भन्दै हनुमानथानतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजिकबाट गजुरेललाई पक्राउ गरिएको हो । बिजुलीबजार नजिक झडपको स्थिति समेत सिर्जना भएको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा १ जना प्रदर्शनकारी महिला र १ जना प्रहरी घाइते भएका जनाइएको छ ।

प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी करिब १५ जना लाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ३३ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र