२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक | Khabarhub Khabarhub

२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले पुस १४ गते सोमबार ९१ दिन र ३६४ दिन अवधिको उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले यसअघि जारी गरेर मिति समाप्त भएका ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल मध्ये ९१ दिन अवधिको १० करोड रुपैयाँको ट्रजरी बिल आगामी चैत १८ गते परिपक्व हुनेछ । भने ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको बिल २०७७ पुस १४ गते परिपक्क हुनेछ ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

पुस १५ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ३२ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन